Nepali News Portal

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ।
नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ। यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।

You might also like
Leave A Reply

Your email address will not be published.