Nepali News Portal

प्रधानमन्त्रीद्धारा रोकिएका कानुन छिटो अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।
यसअघि पनि उनले सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए ।
आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन् ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको बताईएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.