एमाले नेता घिमिरेद्वारा पार्टी परित्याग, पार्टीमा “ठुलो पहिरो” आउने निश्चित
एमाले रुपन्देहीमा पार्टी परित्याग गर्ने कार्यको यो सुरुवात मात्र भएको बताईएको छ । ठुलो संख्यामा बहालवाला जनप्रतिनिधि र नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्न लाईनमा रहेको श्रोतको भनाई छ ।
( तस्बिर मन्जु भुसालको फेसबुक बालबाट )
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फको बन्दसुचीमा नाम समाबेश हुनु भएकि नेतृ मन्जु भुसालले मंगलबार दिउसो अबेर एउटा तस्वीर फेसवुकमा पोस्टाउनु भयो । जुन तस्बिरमा विघटन भएको प्रतिनिधि सभाका सदस्य बासुदेव घिमिरे, बुटवल उप- महानगरपालिकाका उपमेयर साबित्रा देबि अर्याल , शिद्वार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारी, एमाले नेतृ देवी वाग्ले , नेतृ भुसाल स्वयं, एमाले नेता नारायण भुसाल देखिनु हुन्थ्यो ।
पुस १५ को सन्दर्भ राखेर पोस्टााईए पनि यो सामान्य तस्बिर मात्र थिएन । यो नेकपा एमालेका लागि ठुलो धक्का दिने ८ रेक्टर स्केल वराबरको भुकम्पको धक्का हुन पुग्यो । केही समय पछी नेकपा एमालेका नेता वासुदेव घिमिरेले एमाले परित्याग गरेको जानकारी गराउनु भएको छ । फेसबुक मार्फत उहाँले एमाले परित्याग गरेको जानकारी गराउनु भएको हो । यस अघि एमाले रुपन्देहीका सचिब तथा सैनामैना नगरपालिकाका पुर्ब मेयर चित्र बहादुर केसी एमाले परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरि सक्नु भएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेको बताइएको छ ।
घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट हुनुहुन्छ ।
२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनि बालेनसँग निरन्तर सम्पर्कमा रहेको श्रोतको भनाई छ ।
बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका बताईएको छ । घिमिरेलाई रास्वपाले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीको टिकट दिने पक्का भएको छ । पार्टी परित्याग गर्दै उहाँले फेसबुकमा लेख्नु भएको छ । -“म एमालेमा रहिनँ भनेर सामाजिक सञ्जालमा लेख्दै छु। एमाले पार्टी सुध्रिने अवस्था पनि देखिएन। उहाँहरूले देशका लागि मिलेर योगदान गरौं, तपाईँ हाम्रो टिममा आउनुस् भनिरहनुभएको छ। म उहाँहरूको प्रस्तावप्रति सकारात्मक छु,”
यस अघि एमालेको लुम्बिनी प्रदेश सदस्य रहेका घिमिरे एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो । एमाले रुपन्देहीमा पार्टी परित्याग गर्ने कार्यको यो सुरुवात मात्र भएको बताईएको छ । ठुलो संख्यामा बहालवाला जनप्रतिनिधि र नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्न लाईनमा रहेको श्रोतको भनाई छ ।