एमालेको नेता रास्वपाबाट समानुपातिक बन्द सुचीमा
बुटवल । समानुपातिक तर्फ जिल्लाबाट सिफारिस भएको प्रस्तावित कुनै पनि उम्मेदवारको नाम बन्दसुचिमा नपरे पछी निराश भएका एमाले रुपन्देहीका नेता कार्यकर्ताहरु आफ्ना सदस्यहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिस भएकोमा आश्चचर्य चकित भएका छ्न ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा सङ्घ पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवरलाई रास्वपाले समानुपातिक सूचिमा राखेको हो । तत्कालीन नेकपा (माओवादी केन्द्र )बाट नेकपा एमाले प्रवेश गर्नु भएकी भुसाल सोमवार सम्म एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । एमालेको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेर पराजित हुन भएकि भुसाल एकाएक समानुपातिकको उम्मेदवार बने पछी एमालेमा खैला बैला भएको छ ।
त्यसै गरी युवा सङ्घकी श्रद्धा कुँवर भदौ २३ र २४ गतेको जेनजी हरुको आन्दोलन पछि युवा सङ्घ छोडेको घोषणा गर्नु भएको थियो । कुँवरको नाम खस आर्य महिला तर्फ ४ स्थान र भुसालको नाम खस आर्य महिला तर्फ ८ औ स्थानमा छ । पछिल्लो समय भुसाल मेयर बालेन शाह निकट रहेको र उहाँकै सिफारिसमा समानुपातिकको बन्द सुचीमा राखिएको हुन सक्ने बताईएको छ ।
नेकपा एमाले रुपन्देहीले खस आर्यमा नन्दिकेशर ढकाल, भुमिलाल सापकोटा, बुद्धीसागर भटराई, महिलामा गोमा आचार्य, मधेसीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारुमा खुसीराम चौधरी, दलितमा एकराज बिश्वकर्मा र जोगलाल बिश्वकर्मा,आदिवासी जनजातीबाट खेमराज गुरुङ जनजाती महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरे सिफारिस गरेको श्रोतको भनाई छ । तर जिल्लाले पठाएका कुनै पनि नाम समानुपातिक सुचीमा भेटिएको छैन ।
You might also like