आज २० औं लोकतन्त्र दिवस , निरङकुशताले लोकतन्त्र कमजोर बन्ने चिन्ता
बुटवल । आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादी समेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरियो दिवस मनाईदै छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित सदभाव प्रबर्द्धन ,बिधिको शासन र लोकतन्त्र संरक्षण विषयक नागरिक सम्बाद कार्यक्रममा बक्ताहरुले कुनै पनि निरङकुशता जनतालाई स्विकार्य नहुनेमा जोड दिनु भयो । समाजका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा भएको सम्बाद कार्यक्रममा समाजका पुर्ब केन्द्रिय सभापति गोबिन्द खनाल, पुर्ब नेपाल प्राध्यापक संघको पुर्ब अध्यक्ष डा.बुद्ध बहादुर थापा, एमालेका जिल्ला उपसचिब बाबुराम पन्थी , क्षेत्रीय सभापति प्रजापाल गिरि, रास्वपाका नगर सभापति निराजन पाण्डे, नेपाली कम्युनिष्ट पार्टी नगर अध्यक्ष महेन्द्र भुसाल, राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय बुटवलका प्रमुख सन्तोष आचार्य ,नेपाल बार एशोसियन बुटवलका अध्यक्ष गोबिन्द प्रसाद मरासिनी , पत्रकार राम कुमार क्षेत्री , रुद्रहरि कुँवर, जेन्जि पुस्ताकि ममता कार्की लगायतले यो या त्यो प्रकारको निरङकुशले लोकतन्त्रलाई कमजोर बनाउने भएकाले राजनीति दल नागरिक समाज लोकतन्त्रको संरक्षणमा लाग्न जरुरी रहेको बताउनु भयो । बिद्यार्थी, प्राध्यापकको संघसंगठन खारेज गर्न खोजिनु जस्ता बर्तमान सरकारका कामकारबाहीले निरङकुशता जन्माउन खोजेको हो कि भने आशका बढेको नागरिक समाजको चिन्ता छ ।
You might also like