बुटवल । लुम्बिनी प्रदेश सभाकाे हिउँदे अधिबेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदकाे सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाकाे साताैं अधिवेशन औपचारिक रूपमा बैशाख महिनाकाे १० गते रातिकाे १२:०० बजेबाट लागु हुने गरि अन्त्य गर्नु भएकाे हो।
हिउँदे अधिवेशनले लुम्बिनी प्रदेश सभाले “दलितकाे अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक”, “लुम्बिनी प्रक्षिक्षण प्रतिष्ठान विधेयक”, “प्रदेश जिवनाशक विषादि सम्बन्धी विधेयक” र “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धी संशाेधन विधेयक” लगायतका महत्वपूर्ण विधेयकहरू पारित गरेकाे छ ।