Nepali News Portal

गर्भपतन प्रकरणमा : डा. पराजुलीको अध्यक्षतामा छानबिन समिती

बुटवल । बुटवलमा गर्भपतनको क्रममा मृत्युु भएकी पाल्पाको बगनासकाली वडा नं २ की गिता पाण्डेको घटना सम्वन्धमा छानबिन गर्न समिति बनाईएको छ ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिका सदस्यहरूमा मेडिकल काउन्सिलका विज्ञहरू स्त्री रोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन व्यवसायी गोविन्द मरासिनी र नागरिक समाजको तर्फबाट दिनेश पाण्डे रहनु भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीको कारण पाण्डेको मृत्यु भएको बताउदै निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छ्न ।
उक्त भएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।
खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार ती चिकित्सकहरुलाई घटनाबारे अनुसन्धानमा सघाउन प्रहरी कार्यालय बोलाईएको थियो ।
मृतकका श्रीमान प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।
यस अघि जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । क्लिनिकमा पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको बताउदै उहाँले गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही गर्न माग गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.