Nepali News Portal

सर्वोदय सहकारीको १०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल उप-महानगरपालिका -८ मा अवस्थित सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्शिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता, उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुनाखर खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष बासुदेव शर्माले पेश गरेको प्रतिबेदन पारित गरेको छ । साधारणसभाको उद्घाटनका प्रमुख अतिथि खनाल , बरिस्ठ अधिबक्ता दिल साहनी, लुम्बिनी प्रदेश युबा परिषदका सदस्य सचिब जय प्रकाश भट्टराई, पुर्ब अध्यक्ष एवं अधिबक्ता ज्ञानु केसी,लायन्स क्लब अफ भृकुटी प्याराडाईका अध्यक्ष सबिना टन्डन, लेखा संयोजक टंकबहादुर रावत लगायतले सहकारीले सदस्यहरुको आर्थिक परिवर्तनमा टेवा पुर्याउन सफल भएको बताउनु भयो । उक्त सहकारीले साधारणसभाको अवसरमा लायन्स क्लब अफ भृकुटी प्याराडाईज संगको सहकार्यमा सदस्यहरुको मधुमेह परिक्षण गरिएको सचिब होमकान्त काफ्लेले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.