उत्कृष्ट आवाज पत्रकारिता पुरकारबाट अमृता अनमोल सम्मानित
बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको आवाज बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट आवाज पत्रकारिता पुरकारबाट अमृता अनमोल सम्मानित हुनु भएको छ ।
सहकारीको छैठौँ निर्वाचन तथा सत्रौं वार्षिक साधारण सभा समारोहमा आज उहाँ उत्कृष्ट आवाज पत्रकारिता पुरकार-२०८३ बाट सम्मानित हुनु भएको हो । कार्यक्रमका प्रमुखअतिथि राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन , सहकारीका अध्यक्ष जीवन अधिकारीले उहाँलाई सम्मान गर्नु भयो । सम्मानित पत्रकार अनमोल झन्डै तिन दशक देखी राष्ट्रिय तथा स्थानीय मिडियामा सामाजिक तथा आर्थिक क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । लामो समय देखी कान्तिपुरमा कार्यरत, हाल बुटवल टुडे टेलिभिजनका सम्पादक अनमोलको प्रकाशित तथा प्रकाशित समाचार सामाग्रीहरुको अध्ययन गरि ती सामाग्रीहरुले सहकारी क्षेत्रको प्रबर्द्धनमा टेवा पुर्याएकाले योगदानको उच्च मुल्यांकन गरि सम्मान गरिएको संचालक समेत रहनु भएका मुल्यांकन उप समितिका संयोजक रुद्रहरि कुँवरले जानकारी दिनु भयो । छ्नोटको लागि रुपन्देही जिल्लालाई कर्मभूमि बनाई पत्रकारिता गरिरहनु भएका खास गरी सहकारी क्षेत्रमा कलम चलाउनु भएका पत्रकारहरुको छापा तथा अनलाइन प्रोटलमा उपलब्ध समाचार सामग्रीहरु अध्ययन गरिएको थियो ।सम्मानित पत्रकार अनमोल नेपाल पत्रकार महासंघ रुपन्देहीको निबर्तमान उपाध्यक्ष, संचारिका समुह लुम्बिनी प्रदेशको अध्यक्ष हुनुहुन्छ ।
त्यसै गरि उत्कृष्ट शेयर सदस्य पुष्प श्रेष्ठ, उत्कृष्ट कारोबारी माधव भण्डारी, बाल बचतमा आरुश जिसि, मोबाइल बैककिङमा सन्तोष खड्का र कर्मचारी तर्फ सरिता खडकालाई पुरस्कृत गरिएको सचिव बालकृष्ण पाण्डेले जानकारी दिनु भयो ।
जारी साधारणसभाले अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गर्नेछ भने संस्थाको छैटौं निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने निर्वाचन प्रमुख बाबुराम बन्जाडेले जानकारी दिनु भयो ।