Nepali News Portal

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि
बुटवल ।  लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको समय भोलि दिउसोको लागि तय गरिएको छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नु भएका तीन मन्त्रीले भोलि शपथ लिन लाग्नु भएको हो । मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो ३ः२५ बजे शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री आचार्यले नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त गर्नु भएको हो ।

‎मन्त्रीमा नियुक्त तीनै जना नेपाली कम्युनिष्ट पार्टीका  हुनुहुन्छ । थारू र पुन यसअघि पनि मन्त्री भइसक्नु भएको छ । कृष्णा  कुमारी थारु पहिलो पटक मन्त्री बन्नु भएको हो ।

‎तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या १० पुग्नेछ। यसअघि एमालेबाट मुख्यमन्त्रीसहित पाँच जना र जसपा नेपालबाट दुई जना मन्त्री हुनुहुन्छ । अब नेकपाबाट थप तीन जना मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.