बुटवल । नेकपा एमालेमा पार्टी सदस्य नवीकरणमा खासै उत्साह देखिएन । लुम्बिनी प्रदेशको तथ्यांक हेर्दा कार्यकर्ता सदस्य नवीकरणका लागि त्यती उत्साही नभएको पाईएको हो । यो बर्ष ३० हजार जना सदस्यले पार्टी सदस्यता नवीकरण गराउनु भएन ।
<span;>नेकपा एमाले लुम्बिनी प्रदेशमा ५२ हजार पार्टी सदस्यले मात्रै सदस्यता नवीकरण गरेका हुन । १२ जिल्लामा ८० हजार पार्टी सदस्य रहेकोमा हालसम्मको अधावधिकमा ५२ हजारले सदस्यता नवीकरण गरेको पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिनु भयो।
एमालेले पटक पटक थपेको सदस्यता नवीकरणको समय सकिएको भएपनि आन्तरिक रुपमा इन्छुक सदस्यलाई नवीकरणको समय दिइरहेको थियो ।
प्रदेश कमिटीको शनिबार बसेको बैठकमा सबै जिल्ला कमिटीका अध्यक्ष तथा इन्चार्जहरुमार्फत आएको विवरणअनुसार यो सङ्ख्याको सदस्यतले नवीकरण गरेको कंडेलले जानकारी दिनु भयो । प्रदेश कमिटीले पार्टी केन्द्रलाई पुनःगठन तथा निर्वाचन समीक्षाका विषयमा देशभरबाट आएका सुझाव सङ्कलन गरेर कार्यदलले तयार गरेको प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा छलफलका लागि लैजान आग्रह गरेको छ ।
त्यसैगरी तत्काल सचिवालय र केन्द्रीय कमिटी बैकठमा समसामयिक विषयमा छलफल गरेर पार्टीलाई गतिशीलता दिन आग्रह गरिएको, प्रदेश सभा दलको बैठक हरेक महिना नियमित बसेर छलफल गर्नुपर्ने, जिल्ला र पालिका तहका जनप्रतिनिधिले त्यहाँको पार्टी कमिटीसँग नियमित छलफल गरेर अगाडि बढ्न निर्देशन गर्ने निर्णय कमिटीको बैठकले गरेको अध्यक्ष कंडेलले बताए ।
बैठकले मिसन पार्टी जागरण अभियानको प्रारम्भिक समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने विषयमा वडा तहसम्म पुराउनेलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा विभिन्न जिल्लाका अध्यक्षहरुले पार्टी पुनःगठन कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न, स्थानीय तहमा पार्टीको अवस्थालाई बुझेर कार्ययोजना बनाउन र नेतृत्व तहबाट जनस्तरका विषयहरुलाई सम्बोधन हुनेगरी अघि बढ्न आग्रह गरेका थिए ।
बैठकमा प्रदेश सरकारको तर्फबाट सहभागी मुख्यमन्त्री चेतनारायण आचार्य तथा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सरकारले गरेका मुख्य कामहरुको जानकारी तथा आगामी योजनाहरुका विषयमा जानकारी गराउनु भएको थियो ।
बैठकले रोल्पाका थवाङ, सुनछहरी, लुग्रीलगायत प्रदेशका विभिन्न क्षेत्रमा विपदबाट ज्यान गुमाएका परिवारलाई राहत, घाइतेको उपचार तथा सो क्षेत्रको अवस्था सुधारका योजना बनाउने सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प अन्य प्रदेशमा भन्दा पार्टीका सबै गतिविधि यो प्रदेशमा बढेको, सदस्यता नवीकरणको सङ्ख्या पनि बढेको र केन्द्रीय कार्यक्रम कार्यान्वयनको अवस्था पनि राम्रो रहेको बताउँदै अब स्थानीय र प्रदेश सरकारसँगको समन्वय बढाएर त्यसमा पार्टीलाई सँगै जोडेर लजान निर्देशन दिनु भएको छ।
You might also like