Nepali News Portal

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।
रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गर्नु भएको हो । विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो।
उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ । वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति भएको छ । महाधिवेशनसम्मका लागि बनाइएको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति भएको छ । त्यस्तै, मञ्चका सदस्यहरूको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने सहमतिमा उल्लेख छ।

You might also like
Leave A Reply

Your email address will not be published.