Nepali News Portal

राजतन्त्र फर्किएर आउन असम्भव : नेता भुसाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालबाट राजतन्त्र हटाइसकेकाले यो फर्किएर आउन सम्भव नरहेको बताउनु भएको छ ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनलाई लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको भुसालले बताउनु भयो ।
पार्टीको रुपन्देही १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सलबलाएको बताउनु भयो ।
उहाले देशमा सरकारले सुशासन र बेरोजगारी समस्या हल गर्न नसक्नुको कारण पुनर्उत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रहसमेत गर्नु भएको छ । अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड छोड्नुपर्ने उहाँको भनाईं छ ।
कार्यक्रममा पार्टीका उपमहासचिव मेटमणि चौधरीले संविधान रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको बताउनु भयो ।
पुर्ब मन्त्री एवं नेता सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको बताउनु भयो ।
अधिवेशन उद्घाटन सत्रमा पार्टीका पोलिटब्युरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरूको एजेन्डा ठीक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यवाहक अध्यक्ष श्रीराम यादवलेआइतबार बन्द सत्र हुने जानकारी दिनुभयो। बन्दसत्रमा सांगठिकलगायत विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल गरी नयाँ नेतृत्व चयन हुने उक्त पार्टीले जनाइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.