Nepali News Portal

कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्करहन आग्रह

गुल्मी ।  लगातारको वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। नदीको सतह बढेसँगै म्याग्दी, पर्वत, गुल्मी स्याङ्जा तथा पाल्पाका तटीय क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
‎म्याग्दीको बेनी क्षेत्र आसपास नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाइएको छ। बेनी–गलेश्वर तथा राहुघाट दोभान क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान अनुरोध गरिएको छ। केही स्थानमा कटानको जोखिम बढेको बताइएको छ।
पर्वत गुल्मी र स्याङ्जाको सङ्मम स्थल सेतीबेनी बजारमा बिहान  बाढि बसेको थियो । प्रहरीले डुबानमा फसेकाहरुको उद्वार गरेको हो ।  त्यसै गरि पाल्पा–गुल्मी सीमाको रिडी क्षेत्रमा नदी सतह बढेको छ । पाल्पाको राम्दी क्षेत्रका स्थानीयले नदीमा पानी बढेको बताएका छन्। स्थानीय  प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन, राति नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.