Nepali News Portal

राजनीतिप्रति जनताको बिश्वास बढाउनु पर्छ : सभामुख

बुटवल ।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कृषि, पर्यटन र उघोगबाट नै लुम्बिनी प्रदेशको आर्थिक बिकास सम्भव भएको बताउनु भएको छ । आर्थिक बिकास र रोजगारी सिर्जना गर्नको लागि  प्रदेश सभाले कृषि पर्यटन र उधोगलाई प्रोत्साहन गर्ने नीति बनाएको उहाँले बताउनु भयो ।

पाल्पा बिकास केन्द्र र पुरक एशिया नेपालले आज बुटवलमा  आयोजना गरेको “लुम्बिनीमा आर्थिक अवसर, रोजगारी र लगानी ” विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले स्वाधिन अर्थतन्त्र निर्माण नै आजको आवश्यकता  रहेको बताउनु भयो ।  मुलुकको आर्थिक बिकासको लागि राजनीतिप्रति जनताको बिश्वास बढाउनु पर्नेमा उहाँले जोड दिनु भयो  । मुलुकलाई सहि दिशा निर्देश गर्न  राजनीतिप्रति सकारात्मक धारणा बनाउन जरुरी रहेको उहाँको भनाई छ । “राजनीतिप्रति जबर्जस्त नेगेटिभ धारणा लादिएको छ । ” उहाँले भन्नुभयो – यहाँ मात्र होइन बिश्वमै यस्तो धारणा व्याप्त छ यो राम्रो होईन ।” उहाँले राजनीति दलले नै मुलुकलाई सहि दिशामा लैजाने बताउनु हुँदैन राजनीति स्थिरतामा नै आर्थिक बिकास संभव हुने बताउनु भयो । “पोलिटिक्स गर्न पोल्टिसियन नि योग्य हुन्छ  प्राविधिकहरुले मुलुक चलाउन सक्दैन । उहाँले भन्नू भयो – ” पोल्टिसियनलाई फेलियर बनाईदिने टेक्नोकेटलाई लिएर सत्तामा राखिदिने यो डिजाइन अनुसार काम भएको छ ।”

‎‎कार्यक्रममा लुम्बिनी प्रदेश सभाका उप-सभामुख मेनुका खाड केसीले लगानी, उत्पादन र रोजगारी एक अर्काको परिपुरक भएको बताउनु हुँदै युवालाई प्राथमिक दिएर रोजगारी सिर्जना गरिनु पर्ने बताउनु भयो । उहाँले राजनीतिक प्रतिको बितृष्णा  र बेरोजगारी समस्याको जिम्मेवारी सरकारले लिनु पर्ने बताउनु भयो ।

‎लुम्बिनी प्रदेशमा नीतिमा कृषिलाई प्राथमिकता दिईएको छ तर सरकारले बजेटमा अबहेलना गरेको छ यस्तो हुनुभएन ।” उहाँले भन्नु भयो – ” बजेट कार्यक्रममा उत्पादनमा आधारित उधोगलाई जोड दिनु पर्छ । नवीनतम प्रबिधिको उच्चतम प्रयोग गरि रोजगारी सिर्जना गर्न सकिन्छ ।”

‎‎प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री खेम सारु मगरले पुर्बाधार बिकासले मात्र जनतामा सन्तुष्टि प्रदान गर्ने नसक्ने भएकाले आर्थिक र सामाजिक बिकासमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले कानुन बनाईए पनि कार्यान्वयन फितलो रहेको  स्वीकार गर्नु हुँदै पुजीगत खर्च गर्न नसक्नु दुर्भाग्य नै भएको बताउनु भयो ।

‎पुर्ब मन्त्री तथा प्रदेश सभा सदस्य वीर बहादुर रानाले नागरिकको आशा र भरोसामा रहेको राज्यलाई जिम्मेवार बनाउनु पर्ने बताउनु भयो ।  राजनीतिक अस्थिरताले लगानी गर्ने बाताबरण नभएको बताउनु हुँदै उहाँले राजनीतिक सुदृढीकरण गर्नु पर्ने बताउनु भयो ।

प्रदेश सभाका सदस्य अष्ठभुजा पाठक अनुसन्धान गर्दा समस्याको पनि उजागर गर्नु पर्ने बताउनु हुँदै यसले नीति निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

 प्रदेश सभा सदस्य भगवती अधिकारीले तीन तहका सरकारले समन्वय गरि आर्थिक बिकासमा जोड दिनु पर्ने बताउनु भयो ।  उहाँले सरकारको काम प्रती बिश्वासको बाताबरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश सभा सदस्य हेमा बेल्बासे राज्यले युवालाई समान अवसर दिनु पर्नेमा जोडनु भयो ।

प्रदेश सभा सदस्य रेवती गुरुङ घलेले पछाडि पारिएको समुदाय र क्षेत्र को लागि आर्थिक अवसरमा प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

प्रदेश सभाका सदस्य जानकी नेउपाले राजनीतिक पुर्बाग्रह राख्न नहुने बताउनु भयो ।

‎लुम्बिनी प्रदेशका पुर्ब सदस्य  थान कुमारी थापाले कृषिबाट आर्थिक बिकास गर्न जरुरी रहेको बताउनु भयो । २ करोड लगानी माथीकालाई अनुदान तथा प्रोत्साहन दिने सरकारको नीति बिभेदकारी रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश सभाका सदस्य शान्ति लोधले लगानी बढाएर रोजगारीको सिर्जना गर्नु पर्ने बताउनु भयो ।

‎त्यसै गरि प्रदेश सभाका पुर्ब सदस्य  दिपा बिकले सरकारले नागरिकलाई समान अवसर दिनु पर्ने र यसले जनतामा सन्तुष्टि मिल्ने बताउनु भयो ।

‎बुटवल उपमहानगर पालिकाका उपप्रमुख साबित्रा देबि अर्यालले लगानी विना रोजगारी असम्भव भएको बताउनु भयो । यधपी  उहाँले सीप ज्ञानले स्वरोजगार सिर्जना गर्ने र यसले बेरोजगारी समस्या हल गर्न सक्ने बताउनु भयो ।

लगानीकर्ता पहाडी क्षेत्रमा आकर्षित हुनु सकारात्मक भएको  बताउनु हुँदै निजि क्षेत्रलाई प्रोत्साहन गर्नु पर्ने जोड दिनु भयो ।

‎तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाले आर्थिक सुधार गर्नेको लागि निजि क्षेत्रलाई संगै लिएर जानू पर्ने बताउनु भयो । उहाँले स्थानीयलाई प्राथमिकता दिई अवसर र लगानी गर्ने प्रदेशको नीति बनाउन जरुरी रहेको बताउनु भयो । तिनाउ चुरे क्षेत्रमा  पर्ने भएकाले नदिजन्य पदार्थको उपयोग गर्ने नसकिएको बताउदै बुटवल उपमहानगर र तिलोत्तमा नगरपालीकाले समन्वय गरि तिनाउको बिकासमा सहयोग गर्नु पर्ने बताउनु भयो ।

‎बुटवल उपमहानगरका वडा न ११ का अध्यक्ष रामचन्द्र खनालले उधमको बिकास  गर्न राष्ट्रिय नीति आवस्यक रहेको र कृषिलाई ब्यावसायिकरण गर्न जरुरी रहेको बताउनु भयो ।

‎कार्यक्रममा  अनुसन्धानकर्ता प्रेम दर्शन सापकोटा, सृष्टि अधिकारी र तिलक पाठकले तयार गरेको आर्थिक अवसर रोजगारी र लगानी सर्बेक्षणको सारांश ,२०८२ प्रस्तुत गरिएको थियो ।

‎सर्बेक्षणले धेरैजसो नागरिक देशको हालको आर्थिक अवस्थालाई लिएर निकै निराश भएको देखाएको छ । सर्वेक्षणका तथ्याङ्कले यहाँको व्यवसायिक वातावरणमा नागरिकको विश्वास घटेको स्पष्ट देखाउँछ। ५८.७ प्रतिशत नागरिक देशमा रोजगारीको राम्रो अवसर छ भन्ने कुरामा असहमत छन् भने ६९.३ प्रतिशत नेपालमा उद्यमी वा व्यापारी बन्ने वातावरण सहज छैन भन्नेमा सहमत छन्। यसबाहेक ६२.३ प्रतिशतले आफ्नो सिप र ज्ञानअनुसारको रोजगारी वा उद्यम गर्न पाएको छु भन्नेमा असहमत छन्। तर गहिरो निराशाका बाबजुद पनि नागरिकमा व्यक्तिगत रूपमा भविष्यप्रति आशावादि रहेका छ्न । ५३.३ प्रतिशत उत्तरदाताले आगामी ५ वर्षमा आफ्नो परिवारको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास रहेको बताएको अनुसन्धानकर्ताले प्रतिबेदनमा उल्लेख गर्नु भएको छ।

‎‎प्रस्तुत सर्वेक्षणले नेपालको आर्थिक अवसरको अवस्था, प्रमुख चुनौती र अवसरको उपलब्धतामा देखिएका जटिल यथार्थहरूलाई उजागर गरेको देखाईएको छ।  २१ प्रतिशत नागरिकले देशमा अवसर नभएको महसुस गरेका छन् भने अर्को ठूलो हिस्साले उपलब्ध सीमित अवसरहरू पनि वितरणमा चरम असन्तुलन र पहुँचविहीनताको समस्या रहेको अनुभूति देखिन्छ । नेपालको समस्या अवसरको अभाव मात्र नभई विद्यमान अवसरहरूसम्म आमनागरिकको न्यायोचित पहुँच नहुनु सर्बेक्षणको सारांश रहेको छ । सर्बेक्षणको सारांशलाई आत्मसात गरि नीति निर्माणमा  प्रदेश सभा सदस्यहरुको ध्यानाकर्षण गर्न अन्तरकृया गरिएको पाल्पा बिकास केन्द्रका अध्यक्ष कृष्ण पोख्रेलले जानकारी दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.