Nepali News Portal

सुशासन, पारदर्शिता र जवाफदेहितामा सरकार पूर्ण असफल: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १५ कमजोरी औँल्याएको छ। आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्नु भयो ।

‎‘ यो सरकार जब नैतिक संकट, राजनैतिक असक्षमता र जन विश्वासको सङ्कटले घेरिएको छ ।” उहाँले भन्नुभयो- ” समस्याको समाधान खोज्नुको साटो विषयलाई विषयान्तर गर्दै जनताको ध्यान अर्कै विषयमा मोड्ने प्रयासमा लिप्त छ।”

उहाँले सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारमा बलियो हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो ।  ‘हामी कुनैपनि दल वा सरकारको आन्तरिक मामलामा टिप्पणी गर्न चाहँदैनौ तर सरकारका गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकार माथि प्रश्न उठेको वेला प्रतिपक्षको संवैधानिक र नैतिक मूल्यमा मौन रहन सक्दैनौ।’ उहाँले भन्नु भयो ।

‎यही लोकतान्त्रिक जिम्मेवारीलाई महसुस गर्दै वर्तमान सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासन प्रतिको सरकारका कमजोरीहरूलाई सच्याउन आवश्यक रहेको उहाँले  बताउनु भयो ।

‎‎‘सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको र सरकारका कमजोरीले सरकार प्रति जनविश्वास निरन्तर खस्किएको कांग्रेसको ठहर छ ।” जनताले नारा होइन, परिणाम खोजेका छन्। आश्वासन होइन, कार्यान्वयन खोजेका छन्। सरकारले राजनीतिक स्टण्टवाट आफ्नो बचाउ गर्ने होईन, पूर्ण पारदर्शिता र जवाफदेहिताबाट जनविश्वास पुनः स्थापित गर्नुपर्छ। अन्यथा इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा लेख्नेछ।’ कांग्रेसको भनाईछ।

You might also like
Leave A Reply

Your email address will not be published.