Nepali News Portal

राममणिमा रक्तदान,४४ पिण्ट रगत सङ्कलन

बुटवल।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा  ४४ जनाले रक्तदान गरेका छन् । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा सरसफाई एकाइका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.