Nepali News Portal

सभामुखद्वारा सबै मिलेर बिपत्तिको सामना गर्न अपिल

बुटवल । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले सबै मिलेर  बिपत्तिको सामना गर्न नागरिकहरुलाई अनुरोध गर्नु भएको छ ।

भदौ १० गते विहान भोटेकोशी नदीमा आएको वाढीका कारण ठूलो धनजनको क्षति भएको र यो बिपत्तिको मिलेर सामना गर्न उहाँले अनुरोध गर्नु भएको हो ।

सभामुख घर्ती मगरले आज एक सन्देश जारी गर्नु हुँदै राज्यको सबै श्रोतसाधन परिचालन गरी खोजी, उद्धार, राहत र पुनस्थापनाका काम भईरहेको र यस कार्यमा आ–आफ्नो ठांउबाट सहयोग गर्नुहुन समेत अनुरोध गर्नु भयो । उहाँले चाडपर्वमा हुने फजुल खर्च कटाई विपत्ति प्रभावितहरुको राहत र पुुनस्थापनामा सरकारसंग सहकार्य गनु हुने छ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो । ” नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु भित्रिदै गर्दा मुलुकले प्राकृतिक प्रकोपको सामना गरिरहनु परेको छ । भदौ १० गते विहान भोटेकोशी नदीमा आएको वाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।” सन्देशमा उल्लेख छ- “राज्यको सबै श्रोतसाधन परिचालन गरी खोजी, उद्धार, राहत र पुनस्थापनाका काम भईरहेको छ, । आ–आफ्नो ठांउबाट यस कार्यमा सहयोग गर्नुहुन समेत म सबैमा अनुरोध गर्दछु ।”

‎उहाँले महाविपत्तिमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । उहाँ  घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना कामना गर्नु भएको छ । देश विदेशका कयौं पर्यटक, कर्मचारीहरु तथा स्थानीयहरु सम्पर्क विहिन रहेको र खोजी कार्यमा सघाउन समेत अनुरोध गर्नु भएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्व जनैपुर्णिमा, रक्षावन्दन तथा गुंपुन्हिको सन्दर्भमा जारी सन्देशमा सभामुख घर्ती मगरले शुरक्षित र संयमित रुपमा चाडपर्वहरु मनाउदै आफ्नो र आफ्नो परिवारको शुरक्षालाई पहिलो प्राथमिकता दिन सुझाव दिनु भयो ।

“नेपालको कतिपय भूबनोट जोखिमयुक्त छन । अविरत वर्षा र यसबाट हुन सक्ने विपदको जोखिमलाई मध्यनगर गरी सम्वन्धीत निकायलले जारी गरेको  सूचना तथा पूर्वानुमानको जानकारी लिएर मात्र शुरक्षित र संयमित रुपमा यात्रा गर्न म अनुरोध गर्दछु ।” जारी सन्देशमा उल्लेख छ ।

बहुजातीय, वहुभाषिक, बहुधार्मिक विविधतायुक्त मुलुक नेपालमा विभिन्न धर्म समुदायका आ–आफ्नै सांस्कृतिक एवं धार्मिक पर्वहरु रहेको यी चाडपर्वहरु हाम्रो संस्कृति र परम्परा मात्र नभई नेपाली समाजलाई एकतामा बाध्ने एउटा कडी समेत भएको उहाँले उल्लेख गर्नु भएको छ ।   आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र धार्मिक सहिष्णुताको कायम गर्न चाडपर्वहरु महत्वपूर्ण भूमिका खेलेको जनाउनु हुँदै उहाँले जनैपुर्णिमा, रक्षावन्दन तथा गुंपुन्हिको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.