भोटेकोशीमा बहाब बढ्यो, सतर्कता अपनाउन अपिल
बुटवल । राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ।प्राधिकरणले भोटेकोशी-त्रिशूली नदी किनारमा उद्धार र राहतमा खटिएका व्यक्तिहरूलाई सतर्कता अपनाउन भनेको छ।
”जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ,” प्राधिकरणले भनेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले जम्मा भएको पानी बाँध भरिएर निस्किएको जनाएको छ।
३ हजार २५३ जनाको उद्धार
<span;> रसुवा बाढीका कारण विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइरहेको जानकारी दिनु भयो । १० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ । अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।
४७९ जनाको शव भेटियो
रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ। विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो। सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो।
त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ। चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिँदैछ। बुधबार रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो।
You might also like