Nepali News Portal

आवास ग्रुपद्वारा बाढि पीडितलाई आर्थिक सहयोग

बुटवल । उधोग र ब्यापारमा सफल र प्रख्यात समुह आवास ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
<span;>‎भोटेकोशीमा आएको बाढि प्रभावितलाई सहयोग पुर्याउने उदेश्यले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै यो ग्रुपले उक्त रकम सहयोग गरेको हो ।
‎ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले केही भए पनि प्रभावितहरुलाई राहत  सहयोग पुग्न सकोस् भनेर राहत कोष  मार्फत सहयोग गरेको जानकारी दिनुहुँदै विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नु भयो  ।  आवास ग्रुपले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा योगदान गर्दै आएको छ ।
‎ग्रुपअन्तर्गत निर्माण सामग्री, फर्निचर, पाइप फिटिङ, हेल्मेट, पेय पदार्थलगायतका क्षेत्रमा १७ वटा उद्योग सञ्चालनमा रहेका छन् । आवास फर्निचर, लक्ष्मी स्टिल, ज्याकोर इन्डष्ट्रिज प्रालि, सन फिटिङ प्रालि, शुभलक्ष्मी पोलिमर, एभरेष्ट फुड र मयुर स्टिललगायतका उद्योगहरू ग्रुपअन्तर्गत सञ्चालनमा छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.