Nepali News Portal

संघीयता सबल हुँदै गएको छ : प्रधानमन्त्री

राप्ती उपत्यका देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको संरचनाको बिकासले संघीयता सबल हुँदै गएको प्रष्ट भएको बताउनु भएको छ । उहाँले संरचना निर्माणमा लुम्बिनी प्रदेश अगाडी रहेको बताउनु हुँदै कानुन निर्माण र बिकास निर्माणमा पनि अघि रहेको बताउनु भयो । आज लुम्बिनी प्रदेश सभाको एघारौं बैठकलाई विशेष सम्बोधन गर्नु हुँदै उहाँले भन्नू भयो – कृषि पर्यटन उधोगमा मात्र होईनन यो प्रदेश सुरुङ्ग मार्गमा समेत अघि बढीसकेको छ ।”
प्रदेशका गौरवको आयोजना बारे आफू जानकारी रहेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले रामपुर कपुरकोट सडक आयोजनालाई ध्यान दिएको बताउनु भयो ।
उहाँले श्रोत साधनलाई ध्यानमा राखेर बिकास गर्न सुझाव दिनु भयो । ठुलो आयोजना ठप्प पारेर बिकास हुन नसक्ने बताउनु हुँदै उहाँले बनका कुनै कारण पनि बिकास रोक्न नहुने बताउनु भयो । “मान्छेको लागी बिकास गर्ने हो । भैसीले सभा गर्दैन बाख्राले गर्दैन ।” उहाँले भन्नु भयो – मानिस नभए किन चाहियो सभा हल ।किन चाहियो सडक? ” श्रृष्टिलाई सार्थक बनाउने मानवले नै भएको बताउनुहुँदै उहाँले मानव बिनाको बिकासको कल्पना गर्न नसकिने बताउनु भयो ।
“मान्छेलाई केन्द्रमा राखेर सबै कुरा सोच्नु पर्छ । मानव केन्द्रित बिकास । इकोसिस्टम पनि चाहिन्छ तर मानवलाई केन्द्रित गर्नु पर्छ । ” उहाँले भन्नुभयो । उहाँले रानी महलको संरक्षण गरि यसलाई पर्यटन बिकासमा जोडनु पर्छ हेरिटेज को रुपमा बिकास गर्नुपर्ने बताउनु भयो । उहाँले बिकास एक्लैले गर्न नसक्ने भन्दै स्थानीय तह प्रदेश र संघले सहकार्य गरि बिकास गर्नुपर्नेमा जोड दिनु भयो । “प्रदेशले मात्र गर्न सक्दैन । संघले मात्रै पनि गर्न सक्दैन ।” उहाँले भन्नू भयो- सबै मिलेर नेपाललाई संमृद्व बनाउनु छ । ”
प्रबिधिलाई उच्चतम प्रयोग गरेर बिकास गर्नु जरुरी रहेको उहाँको भनाई छ । प्रबिधिलाई प्रयोग गर्ने ल्याकत भएमात्र पनि यसलाई प्रयोग गरेर बिकास गर्न सकिने उहाँले बताउनु भयो । नेपालमा डेटा सुरक्षामा चुनौती थपिएको बताउनु हुँदै उहाँले मोबाइल प्रयोगकर्ताले सजकता अपनाउन सुझाव दिनु भयो ।
सभामुख मार्फत मनोबल उच्च राख्ने प्रधानमन्त्री ओलीले सबै माननीय सदस्यहरुलाई मनोबल उच्च राख्न सुझाव दिनु भयो । चिनले छोटाे समयमा छिटो प्रगति गरेको हामीले देखेको बताउनुहुँदै उहाले मनोबल भए बिकास गर्न सकिने बताउनुभयो । कृषि पर्यटनबाट मुलुकको बिकास गर्न सकिने सम्भावना रहेको बताउनुहुदै उहाले लगानी भित्र्याउन संघ सरकारले प्रयत्न गरेको उहाँको भनाइ छ । उहाँले लगानी भित्र्याउदै बिकासकै लागी अध्यादेश ल्याएको बताउदै कतिपयले बिरोध गरेपनी धेरैले स्वागत गरेको प्रधानमन्त्रीको दाबी छ ।
सरकारले युगान्तकारी काम गर्न लागेको बताउनु हुँदै उहाँले त्यसलाई सहयोग पुर्याउने गरि कानुन निर्माण सभालाई प्रभावकारी काम गर्न सुझाव दिनु भयो ।
युवा पलायन रोक्नको लागी सरकारले पहल गरेको बताउनु हुँदै उहाँले पौरखी पुर्खाको सन्तान किन पछी परेका छौ भन्नेमा गम्भीर बन्न उहाँले आग्रह गर्नु भयो । ” अर्काको देश सिगारेर नेपाल बन्दैन । उर्वर भुमिलाई प्रयोग गरि देश बनाउने हो नेपाल बनाउने हो ।” उहाँले भन्नुभयो ।
संयुक्त सरकारबाट देशको बिकासमा लागएको उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले सरकार कुनै हालतमा सरकार न ढल्ने दाबी गर्दै भन्नु भयो- ” १७ महिना सरकार चलाउछु त्यस पछी सेर बहादुर जिले चलाउनु हुन्छ । म खिचडि पकाउन जान्दैनन् । सकार ढल्दैन । दुई तिहाई छ । कुनै आसंका छैन । बिश्वास जोगाएर जान्छौं । सकार ढल्छ भन्ने भ्रममा नपर्नुस सोचे जस्तो भएको छैन । राम्रो हुँदैछ । ”
संविधान मास्न होईन संविधान बनाउन संसोधन गर्न लागिएको बताउनु हुँदै १२ सालको कानुनले अहिले देश नचल्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको सम्बोधन पछी सभामुख तुलाराम घर्ती मगरले धन्यवाद प्रस्ताव पारित गरि धन्यवाद ज्ञापन गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.