बुटवल। इनरह्विल क्लव अफ बुटवल जितगढीले शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ। बुटवलमा रहेको साधना महिला बिद्यालयमा शैक्षिक सामाग्रीहरु कपी, पेन्सिल, पेन र भित्ते घडी बिद्यालयका प्रधानाध्यापक बिष्णु गौतमलाई हस्तान्तरण गरेको क्लवका अध्यक्ष दिलकुमारी भट्टराइले बताउनुभयो।
साधना महिला बिधालयका प्रधानाध्यापक बिष्ण्ुा गौतमले क्लवले गरेको यो सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनी सहयोगको अपेक्षा सहित क्लवलाई धन्यबाद व्यक्त गनुभयो। ।कार्यक्रममा क्लवका पूर्व अध्यक्ष गिता शर्मा, दुर्गा आचार्य बिद्यालयका शिक्षक तेजु लुइटेल लगायतले बोल्नुभएको थियो। उक्त कार्यक्रम बिमला अधिकारीको संचालनमा सम्पन्न भएको थियो।