बुटवल । सवैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ३३ आंै अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अवसरमा संचारीका समुह लुम्विनी प्रदेशले बुटवलका संचार माध्यममा लैंगिक नीति विषयमा सम्पादकसंग नीतिगत बहस कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीका संचार माध्यममा लैंगिक नीति र कार्यान्वयनको अवस्थाका विषयमा कार्यक्रममा छलफल गरिएको हो । पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार डा। बालकृष्ण चापागाईंले पत्रकार संचालक वा मालिक भएर होईन पत्रकार भएर काम गर्र्नुपर्ने बताउनुभयो । उहांले संचालक वा मालिक वन्ने होड बाजिले पत्रकारको प्रतिभा मर्ने बताउदै पत्रकारीता मर्न नदिनका लागि रिपोर्टरकै भुमिकामा रहेर काम गर्न आग्रह गर्नुभएको हो । डा । चापागाइले पत्रकारीता पिडितहरुको पहिलो अदालत भएको भन्दै झुपडिबाट जमिनदारका विरुद्ध आवाज उठाउने पत्रकारीतालाई बचाउनु पत्रकारको दायित्व भएकोमा जोड दिनुभयो ।
संचारीका समुह लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सीपि खनालले हालको मिडियाको स्थितिका विषयमा कार्यपत्र पस्तुत गर्नुभएको थियो भने पत्रकार महांसघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार मोहन चापागाईंले प्रमुख टिप्पणीकारको रुपमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल ,भरत केसी, मिलन गाहा, विनोद परियार ,अमृत गिरी,हरिष ढकाल,दिनेश पाण्डे,कपिल ज्ञवाली लगायतले संचार माध्यमहरु विस्तारै लैंगिकमैत्री बन्ने प्रकृयामा रहेकोमा नीति भन्दा पनि सोंचमा ध्यान पुर्याउन आवश्यक रहेको धारणा राख्नुभएको कार्यक्रमको संचालन संचारीका समुह लुम्विनी प्रदेशका सचिव रिया बस्नेतले गर्नुभएको थियो ।