बुटवल । रूपन्देहीकाे सियारी-६, लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृहले अन्तर्राष्ट्रियस्तरमा पनि बाैद्धिक तथा खेलकुदमा दिग्विजय कायम गरेकाे छ। रूपन्देहीमा सञ्चालित राष्ट्रपति कप लगातार ३ पटक जिती रनिङ शिल्ड आफ्नाे पाेल्टामा पार्न सफल यस संस्था शैक्षिक क्षेत्रमासमेत गुणस्तरीय शिक्षाका निमित्त प्रसिद्धि कमाउँदै रूपन्देहीकाे शैक्षिक तथा खेलकुद विकासमा काेसेढुङ्गाे बन्दै उत्कृष्टताकायम गरेको हो ।
झण्डै १४ बिघामा फैलिएकाे याे संस्था हरियाली वातावरणमा अवस्थित छ। पर्याप्त भाैतिक पूर्वाधार र फराकिलाे क्षेत्रफल, अङ्ग्रेजी भाषा विकासका लागि बेलाबेलामा विदेशी प्रशिक्षकद्वारासमेत विद्यार्थीहरूलाई प्रशिक्षण, विद्यालयकाे आफ्नै फुटबल मैदान, स्मार्ट कक्षाहरूकाे सञ्चालन, म्युजिक र नृत्य कक्षाहरूका साथै साहित्यिक कृयाकलापहरूका कारणले धेरै अभिभावकहरूकाे राेजाइकाे केन्द्र बन्दै आइरहेकाे सराेकारवालाहरूकाे भनाइ छ। पूर्वप्राथमिक तहमा नमुना कक्षाहरू सञ्चालन गर्दै आइरहेकाे यस संस्था सियारी गाउँपालिकाकाे शैक्षिक धराेहर नै साबित भएकाे अभिभावकहरूकाे ठम्याइ छ। अन्तर्राष्ट्रियस्तरकाे शिक्षा प्रदान गर्ने अभीष्ट बाेकेकाे यस संस्थाले यस क्षेत्र, जिल्लामा मात्रै सीमित नरहेर छिमेकी मुलुक भारतमा अवस्थित विश्वप्रसिद्ध विद्यालय सिटी मन्टेश्वरी स्कुलले सञ्चालन गरेका प्रत्येक वर्षका अन्तर्राष्ट्रियस्तरका शैक्षिक तथा बाैद्धिक कार्यक्रमा विद्यार्थीहरूलाई सहभागी गराएर अन्तर्राष्ट्रिय बजारमा खपत हुन सक्ने अब्बल जनशक्ति बनाउन अहाेरात्र लागिपरेकाे जगजाहेर नै छ। भर्खरै सिटी मन्टेश्वरी, लखनउमा सम्पन्न अन्तराष्ट्रिय स्पाेर्टस ओलम्पिकमा मार्शल आर्ट, एथलेटिक्स र बाद्धिक क्रियाकलापतर्फ उत्कृष्ट प्रस्तुतिसहित अब्बल सावित भएका छन्। अन्तर्राष्ट्रियस्तरकाे प्रतिष्पर्धामा यसै स्कुलका पाँच जना विद्यार्थीहरू- दर्शन भुसाल, जागेश्वर बानिया, सुलभ सापकाेटा,आलाेक जयसवाल र सुनिल थापाले स्वर्णपदक र ओशन खनाल, नेल्सन थापा मगर, सानिज राना मगरले रजत पदक साथै पूजा पछाई, मन्दीप जिसी (२ पटक), वीरेन्द्र सारु, पर्वत भुसाल, ओशन खनाल , अङ्किता कार्की, दीपिका ज्ञवाली, सिमरन बानिया र आराध्या गाैतमले (४x१०० रिलेमा) कास्यपदक प्राप्त गरी राष्ट्रकै गाैरव बडाएका छन् भने समग्रमा तेस्राे स्थानमा प्राप्त गरी कीर्तिमानी कायम गरेका छन्। हालसालै श्रीलङ्कामा सम्पन्न अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतिष्पर्धामा यसै संस्थाका छात्र आरभ न्याैपानेले स्वर्णपदक प्राप्त गरेका थिए। साहित्यतर्फ रूपन्देही जिल्लामा आयाेजित हुने विभिन्न प्रतियोगिताहरू कविता, वादविवाद र वक्तृत्वकलामा यसै स्कुलका विद्यार्थीहरूले नै बाजी मार्न सफल भएका छन्। भर्खरै सम्पन्न जिल्ला प्याब्सन,रूपन्देहीद्वारा आयाेजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियाेगितामा यसै संस्थाकी कक्षा ९ मा अध्ययनरत प्रिन्सु पाैडेलले द्वितीय स्थान प्राप्त गरेकी थिइन्। अन्तराष्ट्रिय मापदण्डअनुसारका शैक्षिक सामग्रीहरूकाे विकास र विद्यार्थीलाई युगानुकुल शिक्षा प्रदान गर्न कागजी ज्ञानमा मात्र सीमित नराखी शैक्षिक,मानसिक र शारीरिक विकासमासमेत विद्यालय दत्तचित्त भएर लागिपरेकाे विद्यालयका प्रबन्ध निर्देशक राजन ज्ञवालीले बताउनुभएकाे छ। वैश्विक मान्यतामा आधारित शिक्षाका लागि नै विद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक कार्यशालामा शिक्षकलाई निरन्तर सहभागी गराई दक्ष जनशक्ति उत्पादनमा संस्था कटिबद्ध रहेकाे कुरा विद्यालयकी अध्यक्ष सुजाता ज्ञवालीले जानकारी दिनुभयाे। विद्यालयका प्राचार्य कविराज पाैडेलले नैतिक मूल्य मान्यतामा आधारित रहेर ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ऐनकेनप्रकारेण लागिपरेकाले नै अभिभावकहरूकाे राेजाइकाे केन्द्रविन्दु बनेको जानकारी दिनु भयो ।
You might also like