बुटवल । नेकपा (माओवादी केन्द्र ) गुल्मी रुपन्देही सम्पर्क समन्वय समितीले आज शुक्रबार रुपन्देहीको योगिकुटिमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष माधव भण्डारीको अध्यक्षता सचिब फटिक तरामुको संचालनमा भएको कार्यक्रममा नेकपा (माओवाद केन्द्र )केन्द्रिय सदस्य , गुल्मी जिल्ला इन्चार्ज एव संविधान सभा सदस्य सिर्जना तरामुले तिज पर्बलाइ बिकृती रहित बनाउन तथा महिला अधिकारका विषयमा सचेत परिवर्तनकारी महिलाहरुको भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले तिज गितमा पनि समाज परिवर्तनका सन्देश र सचेतनाको सन्देश दिन सकिने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सामाजिक बिकास समितीका सभापति यम बहादुर नेपाली सार्कीले तिज पर्वले महिला अधिकार स्थापित गर्न ,नेपाली महिलाहरुमा एकता र समाज रुपान्तरणमा लाग्न प्रेरित गर्ने बिश्वास व्यक्त गर्नु भयो ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष नारायण जिसी निर्मलले महान जनयुद्धबाट प्राप्त भएका उपलब्धीलाई रक्षा गर्नु आजको चुनौती रहेको बताउनुहुदै महिलाहरुले प्राप्त गरेको अधिकारलाई जोगाउन सचेतपुर्बक लाग्नु पर्ने बताउनु भयो ।
माओबादी केन्द्रका प्रदेश सदस्य लिला थापाले जनयुद्ध बिभिन्न चरणका आन्दोलन संघर्ष क्रान्तिले महिला अधिकारलाई स्थापित गरेको कुरा भुल्न नहुने बताउनु भयो । तिजको मौलिकता हराउदै जादा पर्बका नाममा हुने बिकृतीले समाजलाई कता लैजाने हो चिन्ताको विषय बनेको बताउनु भयो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सभाका संस्थापक सदस्य गिता थापा , माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठ, सम्पर्क समितीका इन्चार्ज टेकराज रेग्मी लगायतले तिज गितमा परिवर्तन र क्रान्तिकारी सन्देश झन्काउन अझै पनि आवश्यक रहेको बताउनुभयो । तिज मिलनमा गुल्मीबाट बसाइँसराइ तथा विभिन्न पेशा रोजगारको सन्दर्भमा रुपन्देहीमा बसोबास गर्ने गुल्मेली चेलीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
You might also like