Nepali News Portal

खुमलटारमा प्रचण्ड-माधवबीच पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो ।

प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डसँग आजको भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताको लागि सकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो ।

तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । एमालेसँग एकताको लागि मूल नेतृत्व नै अनुदार भएकाले तत्काल सम्भव नभएको स्रोतको भनाइ छ ।

एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी गर्‍यो । समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादव पक्षलाई समेट्नेबारेमा छलफल टुंगिसकेको छैन ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि नेकपा एसको कार्यालयमा पुगेर महासचिव घनश्याम भुसालसँग पार्टी एकताको बिषयमा छलफल गरेका थिए। दुई नेताहरु अहिले पार्टी एकताको गृहकार्य गरिरहेका छन् । आजै प्रचण्डले विप्लवसँग पनि खुमलटार बोलाएर एकताको विषयमा छलफल गर्नु भएको थियोे ।

You might also like
Leave A Reply

Your email address will not be published.