Nepali News Portal

पाल्पामा पहिरोमा परी पाँच जनाको मृत्यु

पाल्पा । पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो।

‎यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.