Nepali News Portal

स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन

बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छ्न ।

‎ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्तो निर्देशन दिनु भएको  हो ।

‎अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला स्तरीय नेताहरूलाई हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन जोड दिनु भयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टी गतिविधि अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

मङ्गलवार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरुलाई भर्चुअल सम्बोधन गरेका अध्यक्ष ओलीले त्यसलाई निरन्तरता दिँदै आज अन्य प्रदेशका नेताहरूलाई सम्बोधन गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.