Nepali News Portal

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः संचालन  

 बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनु भएको छ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।

बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले  क्याबिनेटबाट निर्णय गरि हटाउनु भएको थियो  ।

प्रदेश सरकारलाई  अनावश्यक खर्च बढाएको भन्दै सम्पर्क कार्यालय हटाईए पनि नंया सरकार गठन भए लगत्तै बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः संचालन गरिएको हो ।
बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यको दाबी छ ।
अर्घाखाँचीका बासिन्दा मुख्यमन्त्री  आचार्यको बुटवल बेलबासमा पनि घर छ । बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने भएकाले सम्पर्क कार्यालयका लागि सानो इकाइको व्यवस्था गरिएको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले जानकारी दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.