Nepali News Portal

वातावरणीय सेवा भुक्तानी सम्वन्धी ऐन बनाउन माग

देउखुरी (दाङ) । सामुदायिक बन समन्वय समिति तिनाउ पाल्पाले वातावरणीय सेवा भुक्तानी सम्वन्धी ऐन बनाउन माग गर्दै त्यसको मस्यौदा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई वुझाएको छ ।
समितिका अध्यक्ष  दल बहादुर गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद पाण्डेय, उपाध्यक्ष शेरबहादर थापा कोषाध्यक्ष विनोद वस्याल र सदस्यहरुको उपस्थितीमा आज सभामुख घर्ती मगरलाई मस्यौदा बुझाएको हो ।
मस्यौदा वुझ्दै सभामुख तुलाराम घर्ती मगरले वातावरणीय सेवा भुक्तानी सम्वन्धी कानुन बनाउन आफूले पहल गर्ने बताउनु भयो । स्थानीयको सक्रियताबाटै सामुदायिक बन तथा बातावरणका साथै जलाधार क्षेत्रको ससंरक्षण भएको बताउनुहुदै उहांले त्यसको लाभ जनताले नै लिन पाउनु पर्छ भन्ने कुरा न्यायोचित रहेको उहांको भनाई छ ।
मस्यौदामा तिनाउ नदी क्षेत्रलाई आधार मानि तल्लो तटिय र माथिल्लो तटिय क्षेत्रका वासिन्दाहरु लाभान्वीत हुने गरी काम गर्न कानुन बनाउन आवश्यक रहेको समन्वय समितिको दावी छ । तिनाउ नदीको जलाधार क्षेत्रको संरक्षण र विकासको लागि मस्यौदामा परिषदको परिकल्पना गरिएको छ । बन तथा वातावरण मन्त्री अध्यक्ष रहने गरी परिषद गठन गर्न समेत बन समन्वय समितिले ध्यानकर्षण गराएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.