देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले सबैको सहकार्यबाट संघीयतालाई बलियो बनाएर समृद्व लुम्बिनी प्रदेश बनाउन सकिने बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको संघीयता सबलीकरण सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले संघीय शासन ब्यवस्था नै जनहितमा रहेको बताउनु भयो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा मुख्यमन्त्री महराले सहअस्थित्व सहकार्य र समन्वय नै संघीयताको मर्म भएकाले स्थानीय तह प्रदेश र संघले त्यस्तो मर्म बुझ्नु पर्ने बताउनु भयो । उप सभामुख मेनुका खाड केसीले स्वागत गर्नु भएको उक्त छलफलमा राष्ट्रिय सभाका पुर्ब सदस्य डा. खिमलाल देवकोटा कार्यपत्र प्रस्तुत गर्नु भयो । सहभागी प्रदेश सभा सदस्यहरुले राजनीतिक दलको संरचनालाई संघीयता अनुकुल बनाउन आवस्यक रहेकोमा जोड दिनु भएको थियो । उहाँहरुले प्रशासनीक संरचना संघीयतामा गएपनी दलको संरचना केन्द्रीकृत रहेको र नेताहरुको मानसिक पनि केन्द्रीकृत रहेको आरोप लगाउनु भयो । कार्यक्रममा बिधायन समितीमा सभापती समेत रहनु भएको राष्ट्रिय सभामा माननीय सदस्य माया प्रसाद शर्मा ले संघीयता कार्यान्वयन कै चरमा रहेकाले यसको बिकास गर्न प्रदेश संरचना बलियो बनाउनु पर्ने बताउनु भयो । राष्ट्रिय सभामा माननीय सदस्य तथा संघीयता सबलीकरण समितीका उदय बहादुर बोहराले समितीले सरकारलाई पेस गरेको प्रतिबेदन लागू गएको खण्डमा संघीयता सबलीकरण हुने बताउनु भयो ।