Nepali News Portal

रुपन्देही उद्योग संघको इन्स्टूमेसन र अटोमेसन तालिम समापन

बुटवल ।

रुपन्देही उद्योग संघ-सीप विकास इकाइको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा भैरहवा क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि सय घण्टे इन्स्टूमेसन र अटोमेसन तालिम सम्पन्न भएको छ । बैसाख १६ गतेदेखि उद्योग व्यापार संगठन रुपन्देहीको सभाहलमा संचालित तालिमको आइतबार एक समारोहका बीच समापन गरिएको छ ।

कार्यवहाक अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगहरुमा रहेको जनशक्तिको क्षमता विकासका तालिमहरु संघले निरन्तर संचालन गर्दै आएको र यस पटक इन्स्योर परियोजनासँग सहकार्य गरी विभिन्न विषयका सीप अभिवृद्धि तालिम सम्पन्न गरेको जानकारी गराए । सिकेका सीपहरुलाई व्यावहारमा उर्तान, सीपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउन र क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक उत्पादकत्व वृद्धि गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुसँग आग्रह गरे । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तालिमको सिकाई स्तर प्रभावकारी भएको बताउँदै प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि सीप विकासका तालिमको महत्वपूर्ण योगदान रहने उल्लेख गरे ।

संघका सहकोषाध्यक्ष विशाल वेल्वासेले संघले औद्योगिक विकासमा टेवा पुर्याउन र सीपयूक्त प्राविधिक जनशक्तिको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमका प्रमुख प्रशिक्षक अनुज कुमार रौनीयारले तालिमलाई प्रभावकारी र सिकाई योग्य बनाउनका लागि रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाबाट भएको पटक पटकको अनुगमन पश्चात दिईएको पृष्ठपोषणले झन उत्साहित बनाएको र थप उर्जा मिलेको जानकारी गराए ।
प्रशिक्षार्थीको तर्फबाट भनाई राख्दै विरेन्द्र कुमार पौडेल, सालिकराम न्यौपाने र गन प्रसाद गुरुङ्गले तालिमले काम गर्ने उत्प्रेरणा जागेको, पेशा प्रति स्वाभिमान बढेको, स्वास्थ्य सुरक्षामा परिवर्तन आएको र आफ्नो उद्योगमा इन्स्टूमेसन र अटोमेसन सम्बन्धि काममा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग मिलेको विश्वास व्यक्त गरे । तालिममा ३५ वटा उद्योग प्रतिष्ठानमा कार्यरत ४० जना पेशाकर्मीहरुले सफलतापूर्वक तालिम प्राप्त गरेका छन् ।

 

You might also like
Leave A Reply

Your email address will not be published.