पत्रकार महासंघद्वारा मुख्यमन्त्री मार्फत सरकारको ध्यानाकर्षण
बुटवल । निजि तथा सामुदायिक मिडियालाई सरकारी बिज्ञापन रोक्ने सरकारको निर्णय फिर्ता लिन नेपाल पत्रकार महासघले सरकारको ध्यानाकर्षण गराएको छ ।
आन्दोलनको पहिलो चरणमा आज सबै प्रदेशका मुख्यमन्त्री मार्फत सरकारको ध्यानाकर्षण गराईएको हो । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले आज निजि तथा सामुदायिक मिडियालाई सरकारी बिज्ञापन रोक्ने सरकारको निर्णय र परिपत्र फिर्ता गर्न तथा लुम्बिनी प्रदेश सरकारद्वारा संचार क्षेत्रका लागि छुट्टयाइएको कार्यक्रम र बजेट अविलम्ब कार्यान्वयन गर्न मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल, प्रमुख सचीव, सचीव, शाखा अध्यक्ष, संचार सम्बद्ध विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधिसहितको उपस्थितिबीच मुख्य मन्त्री आचार्यले परिपत्रले प्रदेशका स्वीकृत कार्यक्रम र बजेट अवरोध नहुने स्पष्ट पार्दै कार्यक्रम र बजेट संचालन/ परिचालन गर्न निर्देशन दिएको अध्यक्ष सुक्रऋषि चौलागाईंले जानकारी दिनु भयो ।