Nepali News Portal

अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै सकियो लुम्बिनी मिडिया सम्मेलन

नेपालगञ्ज। अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै कोहलपुरमा आयोजना गरिएको प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ शुक्रवार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका २०० बढी पत्रकारहरु सहभागि थिए ।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र ) का उपाध्यक्ष एव प्रबक्ता , पुर्ब सभामुख अग्नि सापकोटाले गर्नु भएको थियो ।

सम्मेलनद्धारा जारी बाँके घोषणापत्रमा लामोसमयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेका जनपक्षिय पत्रकारलाई मूलधारको पत्रकारितामा ल्याउने, स्थानीय निकायलाई प्रेस स्वतन्त्रताप्रति सम्बेदनशील बनाउन, पत्रकारको न्युनतम पारिश्रमिक, सञ्चार माध्यमको दिगो सञ्चालन, पत्रकार आचारसंहिताको पूर्ण पालना, विज्ञापनको न्यायोचित बाँडफाँड विषय समेटिएको छ ।

त्यस्तै, श्रमजिवी पत्रकारको वृत्तिविकास, कोहलपुरमा रहेको नेटिभी र गोरखापत्रको स्तरवृद्धि, बाँके लगायत लुम्बिनी प्रदेश जिल्लाका सबै पर्यटकिय क्षेत्रको उचित संरक्षण तथा सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैखाले संघसंस्था र व्यक्तिविशेषलाई धन्यवाद ज्ञापनको बुँद्धा सम्मेलनको घोषणापत्रमा राखिएको छ ।

समापन कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले प्रेस सेन्टर नेपाल श्रमजिबि पत्रकारहरुको बिश्वासको संगठन भएकाले सोही अनुसार आफ्नो भुमिका निर्बाह गर्न आग्रह गर्नु भयो ।  सो अवसरमा सम्मेलनमा सहयोगी संस्था तथा व्यक्तिलाई सम्मान गरिएको सेन्टरका प्रदेश अध्यक्ष मानसिंह बिकले  जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.