नेपालगन्ज । बाँके जिल्लाकाे कोहलपुरमा मिडिया सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक प्रबर्द्धन गर्ने मुख्य उद्देश्यसहित मिडिया सम्मेलन गर्न लागिएको हो ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशमा गर्न लागेको मिडिया सम्मेलन लुम्बिनी प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडिया प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव २०० जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता हुनेछ ।
फाल्गुन २४ र २५ गते संचालन हुने मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बि.क.ले जानकारी दिए।
मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा छलफल हुनुको साथै मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरिनेछ ।