Nepali News Portal

रुपन्देहीको तिलोत्तमामा ओम महिला तथा बाल अस्पताल

बुटवल

रुपन्देहीको तिलोत्तमा स्थीत ड्राइभरटोलमा ओम महिला तथा वाल अस्पतालको स्थापना भएको छ ।
बिषेषत माहला तथा बालबालिका तथा किशोरकिशोरीका लागि गुणस्तरीय सेवा सुनिश्चितका लागि ओम महिला तथा बाल अस्पताल स्थापना गरिएको हो । महिला र बालबालिकालाई विशेष सेवा प्रदान गनर्जे उद्धेश्यले अस्पताल स्थापना गरिएको अध्यक्ष शारदा तिवारीले बताउनुभयो ।

अस्पतालमा प्रसुति सम्बन्धि सम्पूर्ण सेवा,खोप,एनआइसियु,ओपिडि, इमर्जेन्सी अप्रेशन सेवा, औषधि पसल, प्रयोगशाला, जनरल बेड र क्याविनहरु चौबिसैं घण्टा संचालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले बताउनुभयो ।

२०८० जेष्ठ महिनाबाट निशुल्क सेवा र २०८० श्रावण महिनाबाट नियमित सेवा दिदै आएको अस्पतालले अहिलेसम्म १७ सय बढीलाई सेवा प्रदान गरेको बताउदै आगामी दिनमा एक सय बेडमा बिस्तार गर्दै मातृमृत्यु दर र शिशुमृत्यु दर घटाउन आमा सुरक्षा कार्यक्रम समेत लागु गर्ने अस्पतालको योजना रहेको डाक्टर शर्माले बताउनुभयो ।

महिलाहरुको व्यवस्थापनमा संचालित यस अस्पतालमा अहिलेसम्म दश करोड लगानी भएको अस्पतालले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.