Nepali News Portal

महिला दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल। महिला दिवशको अवसरमा महिलाहरुको भव्य सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा महिलाहरु पनी  अग्रसर हुन सक्छन भन्ने सन्देह प्रवाह गर्न बिभिन्न २ दर्जनबढि संघ संस्थाहरुले संयुक्त रुपमा आयोजित सो रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जानकी नेपालले बताउनुभयो ।

तिमध्ये १ सय २५ जना महिला र २६ जना पुरुषले रक्तदान गरेको संयोजक नेपालले जानकारी दिनुभयो । गत नपाए बुटवल जानु भन्ने नारा सार्थक रुप दिने समेत उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको अगुवाईमा संचारीका समुह रुपन्देही, क्रियाशिल पत्रकार महिला , रेडियो मुक्ति, बुटवल महिला जेसिज, लायन्स क्लव अफ भृकुटी, सयपत्री, ब्लु कोड एजुकेशन, लायन्स क्लव अफ बुटवल, परावर्तन सामाजिक उद्यमी सहकारी संस्था, दुरदर्शी महिला कृषि सहकारी संस्था, महिमा ज्योती चर्चले सहकार्य गर्ने उद्देश्यका साथ संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
यसैगरि लायन्स क्लव अफ देउराली, शंकरनगर वाटिका, ईनरह्विल क्लव अफ जीतगढी, मानव अधिकारका लागि एकल महिला समुह, मैथिल समाज, लियो क्लव अफ सिद्धबाबा, रारा कृषि सहकारी संस्था, बुटवल मगर महिला संघ, भुपु सैनिक कल्याण क्लव महिला समिति, वेलफर सोसायटी बुटवल लगाएतका संस्थाहरुले पनि सहकार्य गरे संयोजक नेपालले बताउनुभयो ।
महिला दिवशको अवसर पारेर महिलाहरुले हामी पनि सक्छौं भन्ने सन्देश प्रवाह गर्न महिलाहरुकै सक्रियतामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको र उत्साहजनक सहभागिता रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.