बुटवल ।आम्दा नेपाल ले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान र फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका कर्मचारीह रूले रक्तदान गरेका थिए ।साथै बिरामीहरूलाई फलफुल वितरण पनि गरिएको थियो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पान्डेले स्वास्थ्य सेवा र समाजसेवामा आम्दा नेपालको योगदानको उच्च प्रशंसा गर्दै संस्थाले गर्दै आएको कार्यहरूलाई निरन्तरता दिनआग्रह गर्नुभयो।
३४ वर्षको अवधिमा, आम्दा नेपालले देशभरिका विभिन्न स्थानहरूमा स्वास्थ्य सेवा र राहत कार्य गर्दै आएको छ, । कार्यक्रममा आम्दा अस्पतालका मेसु डा बिनोद पराजुलीले स्वास्थ्यक्षेत्रमा आम्दाको महत्वपुर्ण योगदान भएको बताए ।