Nepali News Portal

“भ्रष्टाचारको न्यूनीकरण गर्न सामाजिक सचेतना जरुरी”

“भ्रष्टाचारको न्यूनीकरण गर्न सामाजिक सचेतना जरुरी”
बुटवल । मुलुकमा सुशासन कायम गरि भ्रष्टाचारको न्यूनीकरण गर्न सामाजिक सचेतना जरुरी रहेको एक कार्यक्रममा औंल्याईएको छ।
बुटवल उपमहानगरपालिका कार्य पालिकाको कार्यालय संगको सहकार्यमा पारदर्शी सरोकार समुह बुटवलको आयोजनामा आज बुटवलमा भएको भ्रष्टाचार न्यूनिकरण तथा सदाचार प्रबर्द्धनका लागी युवा बिद्यार्थीको भुमिका विषयक अन्तरकृया एवं छलफल कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक जागरण विना भ्रष्टाचार न्युनिकरण हुन नसक्ने र सदाचारको प्रबर्द्धन गर्न नसकिने बताउनु भएको हो ।
कार्यक्रमको उदघान गर्नु हुँदै बुटवल उप-महानगरपालिकाका उपमेयर साबित्रा देबि अर्यालले सामाजिक जागरण मार्फत नेपाललाई भ्रष्टाचार मुक्त गर्न जरुरी रहेको बताउनु भयो । राजनीति रुपमा युवा पुस्ता सचेत नहुदा सम्म बेथिति मौलाउने बताउँदै उहाँले भ्रष्टाचार अन्त्य गर्न युवाहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
टान्सप्रेन्सी ईन्टरनेश्नल नेपालका केन्द्रिय सदस्य महेन्द्र नारायण श्रेष्ठले भ्रष्टाचारिलाई सामाजिक बहिस्कार र सदाचारीलाई सामाजिक सम्मान गर्न सकियो भने भ्रष्टाचारको अन्त्य गर्न सकिने बताउनु भयो ।
छलफलको सहजीकरण गर्दै उच्च सरकारी वकिल कार्यालय बुटवलका सहायक न्यायाधिबक्ता बसन्त राज पोख्रेलले भ्रष्टाचार न्युनिकरण गर्न नेपालमा पर्याप्त एन कानुन भएपनि दण्डहिनता र सुशासनको कमिको कारण नेपालमा भ्रष्टाचार न्यूनिकरण गर्न नसकिएको बताउनु भयो ।
“कानुन दण्डित छ तर सामाजिक अवस्थाले यसलाई प्रभाव पारेको छ ।” उहाँले भन्नु भयो – राजनीति अस्थिरता र हस्तक्षेप, नैतिकता र सदाचारिताको कमि , नागरिक सचेतताको कमि र सशक्त नागरिक समाजको अभावले भ्रष्टाचारको न्युनिकरण हुन सकेको छैन ।”
उहाँले भ्रष्टाचारले आर्थिक, सामाजिक संाकृतिक क्षेत्रमा असर पुग्ने भएकाले भ्रष्टाचारी र असल आचारण नभएकालाई सामाजिक बहिस्कार गर्न जरुरी रहेको बताउनु भयो ।
समुहका अध्यक्ष लालहरि पाण्डेले भ्रष्टाचार रहित समाज निर्माणमा बिद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । उहाँले अतितिक्त रकम लिनु वा दिनु मात्र भ्रष्टाचार नभई नीतिगत भ्रष्टाचार, भ्रष्ट नैतिक आचरण पनि भ्रष्टाचार रहेको बताउनु भयो ।
समुहका उपाध्यक्ष दिपक ढकालले भ्रष्टाचारमा नेपाल ३४ अक ल्याई धेरै भ्रष्टाचार हुने देशमा १०७ स्थानमा रहेको बताउदै नेपाल भ्रष्टाचारको अत्यन्तै दलदलमा रहेको बताउनु भयो । उहाले आर्थिक रुपमा मात्र भ्रष्टाचार नीतिगत भ्रष्टाचार रहेको बताउनु भयो। समुहका सचीव सोनु थापाको संचालनमा भएको उक्त कार्यक्रममा बुटवलका विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.