महासंघद्वारा बजेटको समिक्षात्मक अन्तरक्रिया
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले आर्थिक वर्ष २०८३ र ८४ को बजेटको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने लागेको छ।
बजेटले अर्थतन्त्र र आर्थिक बजारमा पार्ने प्रभावको बारेमा सुझाव दिनको लागि अन्तरक्रिया आयोजना गर्न लागेको हो ।
महासंघका अध्यक्ष खिमनारायण पराजुलीले कार्यक्रममार्फत सरकारले सार्वजनिक गरेको बजेटका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे व्यापक छलफल गरिनेछ। कार्यक्रममा पूर्वअर्थमन्त्री, अर्थविद्, निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा विभिन्न महासंघका प्रतिनिधिहरू वक्ताका रूपमा सहभागीता रहने छ ।
महासंघका महासचिव सूर्य थापाले गत जेठ २४ गते सम्पन्न पदाधिकारी बैठकले बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रम आज मंगलबार बिहान १०ः३० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजना हुनेछ ।
उहाँले बजेटले उद्योग, व्यापार, लगानी, रोजगारी तथा निजी क्षेत्रका सरोकारका विषयलाई कत्तिको सम्बोधन गरेको छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने जानकारी दिनुभयो।
कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्ष सम्बन्धित निकायसम्म पुर्याइने महासंघले जनाएको छ।
You might also like