बुटवल । ओम बहुउदेश्यिय सहकारी सस्था लि बुटवलको दोस्रो साधरणा सभा सम्पन्न भएको छ ।
सस्था लि .का अध्यक्ष राजेन्द्र ढकालले सहकारीलाई अब्बल बनाउने बताउदै सहकारीले दुई बर्ष मै धेरै सफलता प्राप्त गरेको दाबि गरे। सहकारीले ५ करोड बढीको आर्थिक कारोबार गरेको उनले बताए । लुम्बिनी प्रदेशका ६ जिल्लाबाट सेवा दिइरहेको सहकारीलाई बैंक सरहको आधुनिक बित्तिय सेवाहरु प्रयोग गर्ने गरी तयारी भैरहेको ढकालले बताए ।बुटबल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले सहकारीले स्थापनाको छोटो समयमा राम्रो प्रगती गरेको बताईन । सहकारीले कृषिको क्षेत्रमा लगानी गरी स्वदेश मै रोजगारी स्थापनाका लागि युवहरुलाई कृषिसंगै सीपमूलक मुलक क्षेत्रमा जोडनु पर्ने बताइन । कार्यक्रममा सहकारीका सल्लाहाकार मेघनाथ खनाल, राजुप्रसाद ढकाल, युवराज राना, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई संस्थाका संस्थापक अध्यक्ष डा. बिष्णु घिमिरे, बुटबल शाखाका कार्यलय प्रमुख लिला खनाल, भैरहवा शाखाका प्रमुख रोज ठकुरी, लेखा समिति सदस्य भुवनेश्वर घिमिरे, कोषाध्यक्ष मदन आचार्य लगायतले बोलेका थिए । अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षता, सचिव लक्षमण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।