Nepali News Portal

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मन्जु भुसाल विजय     

भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मन्जु भुसाल विजयी भएकी छन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनमा १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६/८६ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् । प्रथम उपाध्यक्षका उम्मेदवार टिका बहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् ।

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन (सरवर)ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।

त्यसै गरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।

सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री (१७४), रोशन प्रसाद भण्डारी (१४०), सुरेन्द्र यादव (१३०), सतीस मिश्रा (१२१) र शुभम रौनियार (११६) मतका साथ विजयी भएका छन् । सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञान बहादुर पुनले ८३ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी (थारु) विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।
उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।
त्यसै गरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्र बहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा जग नारायण चौधरी (१०५), चुरामणि न्यौपाने (१०३), सुशिल बस्याल (१०२), यादव नाथ न्यौपाने (१०२), कृष्ण प्रसाद चौधरी (९४) र भरत चौधरी (८३) मत प्राप्त गरी विजयी भएका छन् । सदस्य पदका उम्मेदवारहरु रेशम पाण्डेयले ७३, बोम बहादुर कुवरले ५९, धन बहादुर थापाले ६६ र उत्तम श्रेष्ठले ६४ मत प्राप्त गरेका छन् ।
You might also like
Leave A Reply

Your email address will not be published.