Nepali News Portal

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आउन थाल्यो सहयोग 

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विदेशबाट जिन्सी सहयोग प्राप्त भईरहेको जानकारी दिए । उनका अनुसार भारत चिन लगायतका मुलुकले जिन्सी सामाग्री पठाएका छन ।

भारत सरकारबाट सहयोग हालसम्म प्राप्त सहयोग:-
१) डबल फ्लाई टेन्ट-८४ वटा
२) प्लाष्टिक त्रिपाल:- ६२५ वटा
३) स्लिपिङ ब्याग:- २११२ वटा
४) ब्लांकेट:- २२३० वटा
५) सिंगल फ्लाई टेन्ट:- ६५ वटा
६) स्वास्थोपचार विभिन्न सामग्री:-३००० केजी.
जनबादी गणतन्त्र चीन सरकारबाट प्राप्त:-
१) ठूलो परिवार टेन्ट:-२३०० वटा
२) ब्लांकेट:- २००० वटा
३) त्रिपाल:- ७०० वटा
४) स्प्रे:- ५०० वटा
२०८० कार्तिक २० सम्म।
You might also like
Leave A Reply

Your email address will not be published.