Nepali News Portal

औद्योगिक बिकासमा टेवा पुग्ने गरि ऐन बनाउछौं : सभामुख

बुटवल । चादनी नेपाल रुपन्देहीले सरोकारवालाहरुसंग सुझाव संकलन गरी तयार गरेको औद्योगिक ब्यावसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक सम्बन्धमा समिक्षा प्रतिबेदन बुझाएको छ । सोमवार बुटवलमा एक कार्यक्रमबिच उक्त संस्थाले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई सुझाव प्रतिवदेन वुझाएको हो ।
सो अवसरमा माननीय सभामुख ज्युले सरोकारवालाहरुसंग बृहत् छलफल गरि बिधेयकलाई अन्तिमरुप दिने बताउदै सरोकारवालाको सुझावले विधेयकलाई पुर्णता दिन सहयोग पुग्ने बताए । सभामुख घर्ती मगरले ऐन कानुन लक्षित सरोकारवालाले अनुसरण गर्ने बनाएमा मात्र कार्यान्वयन गर्न सकिने बताए । औद्योगिक बिकासमा टेवा पुग्ने गरि ऐन बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।
कार्यक्रममा अर्थ, उद्योग तथा पर्यटन समितीका जेष्ठ सदस्य माननीय देवकरण प्रसाद कलवार, प्रदेश सभाका सदस्यहरु तुल्सी चौधरी, हेमा बेल्बासे, खेम सारुले सरोकारवालाहरु संग छलफल गरि उद्योगमैत्री ऐन बनाउने प्रतिबद्धता व्यक्त गरे । वढी चासोको विषय रहेको जरिवाना , बोर्ड गठन आदिको बिषयमा सरोकारवालासंग व्यापक छलफल गरिने उनिहरुले बताए ।
प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले अधिकार बाडफाडमा गरिएको अधिकारको सम्बन्धमा रहि संघीय ऐनसंग बाझिनु नहुने गरि बनाउनु पर्ने चुनौती रहेको बताए ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले उद्योग ब्यावसाय संचालन गर्न प्रोत्साहन गर्ने गरी ऐन कानुन बनाउनु पर्ने सुझाव दिए ।
चादनी नेपालका कार्यकारी निर्देशक भवानी पाण्डेयले समिक्षा प्रतिबेदनले बिधेयकलाई पुर्णता दिन सहयोग पु¥याउने बिश्वास व्यक्त गरे । उद्योगी व्यवसायी र अन्य सरकोकारवालाहरुसंग छलफल गरी सुझाव प्रतिवेदन गरिएको उनले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.