पाल्पा । पाल्पा तिनाउ गाउँपालिका -२ बगाहा स्थित ढाप खोला सामुदायिक बन उपभोक्ता समुहको २३ औ बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक बनको आम्दानीले गाउँको मुहार फेर्ने गरि उदाहरणिय काम गरेको भन्दै धन्यवाद समेत दिए। तिनाउका बासिन्दाको जीवनस्तर उकास्ने गरि बनमा आधारित कार्यक्रम बनाइने बताउदै उनले तिनाउ गाउँपालिका एतिहासिक, धार्मिक पुरातात्विक एव प्राकृतिक स्रोतले पनि साथ दिएकाले त्यो सम्भव हुने बताए । उनले पर्यापर्यटनको बिकासको लागी पालिकाले पुर्बाधार बिकासको लागि पालिकाको क्षमता अनुसार बजेट ब्यवस्थापन र माथिल्लो तहमा पहल गरेको जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाले बन जंगलमा आगलागी नियन्त्रण गर्न सकेमा मात्र पनि बन संरक्षण हुने बताए। बनसम्पदा जोगाउने कार्यक्रमलाई प्राथमिकता दिन उनले उपभोक्तालाई सुझाव दिए । तिनाउ गाउँपालिका वडा २ का अध्यक्ष यादव अर्यालले सामुदायिक बनले आय आर्जनमा टेवा पुराएको बताउदै बन जोगाउन पनि स्थानीयको दायित्व रहेको बताए ।
सामुदायिक बन समन्वय समितीका सचिब दिनेश जिसीले तिनाउ गाउँपालिकामा रहेको ८४ बन समुह संग सहकार्य गरि काम बताए । बन संरक्षणमा स्थानीयको महत्त्वपूर्ण भुमिका रहेको बताउदै उनले बन र मानव जिबन एक अर्कोको परिपुरक भएको बताए । कार्यक्रममा थानी डाडा माबिका प्रधानाध्यापक खुमानसिह जिसि, सिद्धबाबा मन्दिर बिकास समितीका कोषाध्यक्ष कुमारी खडका, बँदेल पोखरी सामुदायिक बन उपभोक्ता समुहको कोषाध्यक्ष पिपला जिसि लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उपभोक्ताहरुले आफुले जोगाएको बनबाट घर बनाउन चाहे जति काठ पाउनु पर्ने माग लिएर सम्बन्धितको ध्यानाकर्षण गराए । बन डिभिजनले उपभोक्तालाई समुहको बिधान अनुसार २५ क्युफिट काठ दिदै आएको छ । ढाप खोला सामुदायिक बन उपभोक्ता समुहले उपभोक्ताको जिबिको पार्जनमा आधारित कार्यक्रम, बिधालयलाई आर्थिक सहयोग गर्दै आएको छ । समुहको अध्यक्ष कुम्भकला खडकाको अध्यक्षता कोषाध्यक्ष सीता कुमारी खत्रीको स्वागत तथा भुवन जिसीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । साधरणसभामा समुहको सचिब जनक खडकाले प्रस्तुत गरेको आय ब्यय अनुमोदन गरेको छ ।