Nepali News Portal

स्वास्थ्य सम्वन्धी विधेयक सामाजिक विकास समितिमा पेश

देउखुरी । लुम्विनी प्रदेश सभाको एक्काईसौ बैठकमा विशेष समय लिएर बोल्ने प्रदेश सभा सदस्यहरुले विपत्तीको पुर्वतयारी तथा वाढी, पहिरोबाट प्रभावितहरुको उद्धार र राहतको सन्दर्भमा प्रदेश सरकारको ध्यानकर्षण गराएका छन ।
प्युठानकी प्रदेश सभा सदस्य निमा गिरीले जताभावी खनिएका मोटरवाटोका कारण पहिरोको जोखिम रहेको र केही घर पहिरोको जोखिममा रहेकाले उद्धारको खांचो रहेको बताईन । विशेष समय लिएर सदस्यहरु जमुना ढकाल, जानकी न्यौपाने, मिना कुमारी श्रेष्ठ, इन्द्र कुमारी गहतराज, भगवती अधिकारी, शुशिला वादी, गिरीधारीलाल न्यौपाने, दिल कुमारी वुढा, रत्न बहादुर खत्री, निमा गिरी, भूवनेश्वर चौधरी, विष्णु प्रसाद पन्थी दिपेन्द्र कुमार पुन मगरले समसामयीक विषयमा बोलेका थिए ।
सभामा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन, नविकरण तथा स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक छलफलका लागि सम्वन्धीत समितिमा पठाईयोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्ती मगरले उक्त प्रस्तावलाई निर्णयार्थ सभामा पेश गरेकोमा वहुमतीले पारित भई सामाजिक विकास समितिमा दफावार छलफलको लागि पठाईएको छ ।
बुधवार नै सामाजिक विकास समितिको वैठक वस्यो । समितिको सभापति चयन नभएकाले बैठकमा उपस्थित जेष्ठ सदस्य धन बहादुर केसीकोे अध्यक्षतामा बैठक बसेको हो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.