Nepali News Portal

बिभिन्न पार्टी परित्याग गरि ३१ जना माओवादीमा प्रवेश

बुटवल । रुपन्देहीको सियारीमा ३१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सियारी गाउँपालिका २ मा आयोजित पार्टी प्रवेश कार्यक्रम बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका हुन् ।
माओवादीमा प्रवेश गर्नेमा राम कुमार यादव , महेन्द्र यादव ,महादेब पासि, शान्ति पासि मुखलेस पासी, तारा कहार सगिता मुराउ तेरसी मुराउ रश्मी पासी नन्दनी पासी प्राभी पासि, शान्ति पासी, राजामति पासि, चन्दवती पासि, राम कुमार यादव, महेन्द्र यादव, महादेब पासि, शान्ति पासि मुखलेस पासी, तारा कहार, सगिता मुराउ, तेरसी मुराउ, रश्मी पासी, नन्दनी पासी प्राभी पासि, शान्ति पासी ,राजामति पासि, चन्दवती पासि मायादेबी बाट प्रेम साहानी, अखलेश बेल्दार जितेन्द्र मल्लाह, मख्खु पासि लगायत ३१ जना रहेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत बि कले टिका खाँदा र पार्टी सदस्यता दिई प्रवेश गराएको रुपन्देही रपन्देही क्षेत्र नं। ३ का इन्चार्ज तिर बहादुर रोका डार्बिनले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य किस्मत बिकले देशको बिकास र,समृद्धिको लागि माओवादीको नीति र नेतृत्व ठिक रहेकोले सम्पुर्ण नेपाली जनतालाई पार्टी आबद्व हुन आग्रह गरे ।

भ्रष्टाचार मुक्त नेपाल बनाउ प्रचण्ड सरकारले लागि परेको बताउँदै देशलाई बिकस गर्न संघीय लोकतान्त्रीक गणतन्त्रलाई मजबुत बनाउन पनि माओवादी गाँउ घरबाट फेरि एक संघठिन हुन आवश्यक रहेको बताए । सो पार्टी प्रबेश कार्यक्रम जिल्ला सचिव सन्त कुमार यादव क्षेत्र नं।३ इन्चार्ज डार्बिन, दलित मुक्तिमोर्चा रूपन्देहीका अध्यक्ष धुर्ब लामगादे र युवा नेता दिलिप प्रजापति लगायतको उपस्थित रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.