Nepali News Portal

रासायनिक मल बोकेको ट्रक खोलामा खस्यो

दाङ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट रासायनिक मल बोकेको ट्रक खोलामा खसेको छ ।

रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज ९ बुधबार बिहान ४ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका प्रहरीले जनाएको छ । चालक ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.