आज कमैया मुक्ति दिवस,मुख्यमन्त्रीले सम्झीए अभियान्तालाई
सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए ।
देउखुरी (दाङ) । आज मुक्ति दिवस, जमिनदारको घरमा कमैया बस्ने कमैयाहरु मुक्त घोषणा भएको दिन । विक्रम संवत २०५७ साल साउन २ गते सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानुनी घोषित गरि कमैया मुक्तिको उद्घोष गरेको थियो । सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए । त्यहि दिनलाई मुक्तिको दिनको रुपमा मनाउदै आइएको छ । दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभकामना व्यक्त गर्दै अभियान्ताहरुलाई सम्झिएका छ्न ।
मुख्यमन्त्री चौधरीले सरकारका बिभिन्न प्रयास भएपनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा संवेदनशील समेत भएको शुभकामना सन्देशमा उल्लेख गरेका छ्न । उनले पुनस्र्थापन र व्यवस्थापनको पक्षमा सबै एक भएर लाग्न समेत आब्हान गरेका छ्न।
“कमैया आन्दोलनको प्रभावले तत्कालिन अबस्थामा सहयोग गर्नु हुने पूव प्रधानमन्त्री ज्यूहरु, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रनी भूमिका खेल्ले आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालिन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरु प्रतिको सहयोग स्मरण गर्दछु, साथै आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहान्छु । उक्त आन्दोलनको अभिभावकत्व ग्रहंणगरी आन्दोलनमा समेत सहभागि भइ सफल बनाउन सहयोग पु¥याउने पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति श्री शेर बहादुर देउवाज्यू प्रति कृतज्ञता व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा मुख्य मन्त्री चौधरीले उल्लेख गरेका छ्न । उनले अवसरको अवसरमा कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गर्दै समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधरको योगदानलाई सम्झना गरेका छ्न। मुक्त कमैयाको पुनस्र्थापना लगाएतका समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनु पर्ने जनाउदै उनले लुम्बिनी प्रदेश सरकार यसमा पुर्णरुपमा गम्भीर रहेको सन्देशमा उल्लेख गरेका छ्न।