Nepali News Portal

ह्यक्थन लुम्बिनीएक्स प्रतियोगिता समापन

बुटवल । लुम्बिनी सिटी कलेज रूपन्देहीमा अध्ययनरत विद्यार्थीहरूको समूहबाट छनोट भएका १६ विद्यार्थीहरूको लुम्बिनी इलाइट उपभोक्ता समितिको सक्रियतामा आयोजना गरिएको ह्यक्थन लुम्बिनीएक्स सम्पन्न भएको छ ।

‎श्रावण २३ गते कलेजको आफ्नै सभाहलमा सुरु गरिएको उक्त  प्रतियोगिता २५ गतेका दिन एक विशेष समारोहका बीच सम्पन्न भएको  हो ।

‎लुम्बिनी सिटी कलेज बिएससि सिएसआईटिआठौँ सेमेस्टरमा अध्ययनरत छात्र आयुष चापागाँईको अध्यक्षता र लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति डा. माणिक रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। विभिन्न सहभागी विद्यार्थीहरूले समूहगत रूपमा कलेज सभाहलमा ४८ घण्टा लगाएर तयार भएका प्रोजेक् हरू उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

‎उक्त प्रतियोगितामा नेपाल खुला विश्वविद्यालयका डिन डा. भोजराज घिमिरे, काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा. मनोज शाक्य र लुम्बिनी इन्जिनियरिङ कलेजका उपप्राध्यापक  सुमन गौतम मूल्याङ्कनकर्ताको रुपमा रहनुभएको र उक्त मूल्याङ्कनबाट टीम एभरेस्ट प्रथम, टीम फिनिक्स द्वितीय, टीम क्युटिस्टिक तृतीय र टीम एसिआई टिले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको घोषणा गरिएको थियो । प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई सहभागिताको प्रमाणपत्र सहित प्रथम स्थान हासिल गर्नेलाई रु.६०,००० द्वितीयलाई रु.४५,०००– तृतीयलाई रु.३०,००० सान्त्वनालाई रु.१५,००० नगद पुरस्कार सहित सौजन्य प्राप्त भएका पुरस्कार समेत वितरण गरिएको थियो। उक्त कार्यक्रममा कलेजका क्याम्पस प्रमुख प्रा. डा. गणेश प्रसाद पाठक कलेजका संक्षिप्त परिचय र कार्यक्रमको विषयमा प्रकाश पार्दै सम्पूर्ण उपस्थितलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कलेजका सहायक क्याम्पस प्रमुख श्री नारायण प्रसाद भुसालले प्रमुख अतिथि, मूल्याङ्कनकर्ता विज्ञहरू, कार्यक्रमलाई सहयोग पुर्याउने साइन रेसुङ्गा बैंक, प्यारामाउन्ट विद्यालय लगायत विभिन्न सौजन्यकर्ता व्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। प्रथम सत्र कलेज सभाहलमा भएको कार्यक्रमको अध्यक्षता आविष्कार ढेङ्गाबाट भएको थियो भने कार्यक्रम सञ्चालन सुश्री स्मारिका ज्ञवाली र श्री संयम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.